• २०८३ साउन २४ गते आइतवार

कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत अवस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत अवस्थामा फेला परेका छन् । गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंह यसअघि मोटरसाइकल भेटिएको स्थान नजिकै आइतबार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जानकारी दिएको छ । प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरिरहेको बताएको छ ।

शुक्रबारदेखि सम्पर्कविहीन भएका सिंहको खोजीमा ८० भन्दा बढी सुरक्षाकर्मी र स्थानीयहरुले खोजी अभियान सञ्चालन गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस