कात्तिक १७, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुने भएका छन् । ६५ वर्ष उमेर पूरा हुन लागेका रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाउने भएपछि उनी रिहा हुन लागेका हुन् ।

रायमाझी कात्तिक २५ गते ६५ वर्ष पूरा हुँदैछन् । सोही व्यवस्थाअनुसार काठमाडौं जिल्ला अदालतले उनको कैद सजायमा छुट हुने गरी संशोधित कैदीपुर्जी डिल्लीबजार कारागार पठाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझीलाई २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाइएको थियो । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए ।