कात्तिक १७, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ ओली निवास गुण्डुमा दुई नेताबीच भेटवार्ता भएको हो । स्रोतका अनुसार साँझ करिब ६ बजेदेखि ७ बजेसम्म उनीहरूबीच संवाद भएको थियो ।

भेटका क्रममा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जनाएको छ ।
दुई प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच भएको यस भेटलाई चासोका साथ हेरिएको छ ।