- राम बिश्वकर्मा, कैलाली ।
पौष १९, कैलाली । कैलालीकाे घोडाघोडी नगरपालिका- १० पहलमानपुरमा रहेको न्यौपाने तालमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घाेडाघाेडी नगरपालिकाका वडा नं ५ फाराम का अन्दाजी ७४ वर्षिय हरि केसे लोहर रहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको हाे ।
ईलाका प्रहरी कार्यलय सुखडका अनुसार पहलमानपुर नजिकै रहेको न्यौपाने तालमा डुबेर मृत्यु भएको हो । मृतक लोहरको शवलाई पोस्टमार्टमको लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ ।