• २०८३ जेष्ठ २ गते शनिवार

राष्ट्रिय युवा संघ खोप अभियानमा संक्रिय

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १, काठमाडौं । नेकपा एमाले कामपा १५ वडा कमिटी एवं राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीद्वारा संयुक्त रूपमा कामपा १५ वडा स्थित विरेन्द्र सैनिक अस्पताल खोप केन्द्रमा स्थलगत निरीक्षण गरिएको छ। नेकपा एमाले कामपा १५ वडा कमिटीका अध्यक्ष धावा रुम्बा, नेकपा एमाले काठमाडौं महानगर सदस्य उद्दव खड्गी, नेकपा काठमाडौं एमाले महानगर सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य एवं क्षेत्र नं ८ का उत्प्रेरक निसार उद्दिन, राष्ट्रिय युवा संघ कामपा१५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, उपाध्यक्ष नियाज उद्दिन, सचिव संजय शाही, सदस्य बाबु राजा श्रेष्ठ ज्युहरुको उपस्थिति रहेको थियो ।

No description available.

काठमाडौं महानगरपालिकाद्वारा स्थगित गरिएको खोप अभियान सोमबारदेखि पुन: सुरु गरेको छ । खोप केन्द्रमा केहि अस्तव्यस्त भएको खबर पाउन साथ राष्ट्रिय युवा संघ १५ वडा कमिटीका अध्यक्ष लगयत राष्ट्रिय युवा संघ नेपाल कामपा१५वडा कमिटीका युवाहरु स्वयंसेवकको रूपमा खोप केन्द्रमा परिचालन भएका हुन । अस्तव्यस्त रहेको खोप केन्द्र राष्ट्रिय युवा संघ कामपा १५ वडा कमिटीका स्वयंसेवकहरुद्वारा व्यवस्थीत रूपमा खोप लगाउने वातावरण मिलाउने कार्य गरेका थिए।

No description available.

साथै नेकपा एमाले कामपा१५ वडा कमिटी एवं राष्ट्रिय युवा संघ नेपाल कामपा१५ वडा कमिटीद्वारा खोप केन्द्रमा परिचालित स्वास्थ स्वयंसेविका एवं सम्पुर्ण महानुभावहरु लाई धन्यवाद ज्ञापन गर्नुका साथै सुरक्षित भइ परिचालन हुन पनि अनुरोध गरेको थियो ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस