असार १२, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच कुराकानी भएको छ । शुक्रबार विराटनगरस्थित कोइराला निवासमा महामन्त्री घिमिरे र कोइरालाबीच पार्टीमा एकता बारे कुराकानी भएको हो । महामन्त्री घिमिरेले पार्टीमा देखिएको विवाद मिलाउने सन्दर्भमा कोइरालासँग भेट गरेका छन् ।

१५औं महाधिवेशनको तयारीमा रहेको काँग्रेसमा अहिले विशेष महाधिवेशनबाट आएको नेतृत्वले क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णयप्रति देउवा पक्ष र कोइराला पक्ष असन्तुष्ट रहेको छ । तर वर्तमान नेतृत्वले भने अन्तिम पटक असार २० गतेसम्मको समय दिएर अगाडी बढेको छ । कांग्रेसमा देउवा र कोइराला पक्षले भेलाहरू आयोजना गरेपनि काँग्रेसका करिब ७ लाख भन्दा बढीले क्रियाशील अद्यावधिक गरिसकेका छन् ।