• २०८३ जेष्ठ १६ गते शनिवार

रोजगारीको प्रलोभनमा भारतमा अलपत्र पारिएका ४५३ नेपाली नागरिकको उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, रुपन्देही । रोजगारीको प्रलोभनमा भारतमा अलपत्र परेका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ । रुपन्देही प्रहरीका अनुसार भारतको कुशीनगर क्षेत्रमा रोजगारीको प्रलोभनमा परि अलपत्र परेका ४५३ जनाको उद्धार गरिएको हो ।

उनीहरुलाई भारतस्थित नेपाली दुताबास एवं भारतीय प्रहरीको समन्वयमा उद्धार गरि बेलहिया नाका मार्फत नेपाल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस