• २०८३ जेष्ठ १८ गते सोमवार

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १४, काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले सोसम्बन्धी जानकारी दिएका हुन् ।

त्यसैगरी आजको बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ भने सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस