• २०८३ बैशाख १८ गते शुक्रवार

गोठमा झुण्डिएको अवस्थामा मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बेलौरी नगरपालिका वडा नम्बर ५ का ५४ वर्षीय साइतु राम चौधरी गोठमा झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। मृतकको शव पोष्टमार्टमका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी ल्याउने तयारी भइरहेको र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस