• २०८३ बैशाख १५ गते मङ्गलवार

कुशल मल्लको आक्रामक ब्याटिंगमा आर्मी विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, काठमाडौं ।जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ३ विकेटले पराजित गरेको छ । बागमती प्रदेशले दिएको २०९ रनको लक्ष्य पछाएको आर्मीले कुशल मल्लको शानदार ९० रन, तृत राज दासको ५४ रन र नरेन साउदको २६ रनको योगदानले २७.५ ओभरमा ७ विकेट गुमाउदै पुरा गरेको थियो । बर्षका कारण यो खेल २८-२८ ओभर खेलाइएको थियो ।

यस अघि बागमतीले पहिला ब्याटिंग गर्दै २८ ओभरमा ७ विकेट गुमाएर २०८ रन बनाएको थियो । जारी पीएम कपमा अपराजित रहेको आर्मीको यो जितपछि ४ खेलमा ७ अंक भएको छ भने बागमतीको यो चार खेलमा तेस्रो हार हो ।

Sharing

प्रतिक्रिया दिनुहोस