• २०८३ जेष्ठ १६ गते शनिवार

चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, सङ्खुुवासभा । सङ्खुुवासभा चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो । आगलागीबाट मानवीय क्षति भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियोे ।

Sharing

प्रतिक्रिया दिनुहोस