• २०८३ बैशाख ५ गते शनिवार

काँग्रेस मुख्यसचिव पौडेलको राजीनामा स्वीकृत, दुलाललाई कार्यवाहकको जिम्मेवारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २१, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गरेका छन् । २०७३ वैशाख २७ गतेदेखि नेपाली कांग्रेसको मुख्यसचिव पदमा रहेका पौडेलले माघ ८ गते राजीनामा दिएका थिए ।

त्यसैगरी, कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (१०), नेपाली कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) तथा नेपाली कांग्रेस कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क) बमोजिम अर्को व्यवस्था नहुन्जेलसम्मका लागि केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई केन्द्रीय कार्यालयको कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस