• २०८२ जेष्ठ ३२ गते शनिवार

थप १३ जना कोरोना संक्रमित, संक्रमितको संख्या १३४

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
बैशाख २९, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १ जना गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार कपिलबस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका वडा नम्बर ७ का १५,१९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।
यस्तै रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका –६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुपमा कोरोना पुष्टि भएको हो । यसैगरी बर्दियाको राजापुर ५ का ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ।

Image may contain: text

प्रतिक्रिया दिनुहोस