• २०८३ कार्तिक २९ गते शनिवार

बेवारिसे अवस्थामा फेला परेका पुरुषको उद्धार गरी मानव सेवा आश्रममा पठाइयो

विश्वनाथ ठाकुर पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २७,  सर्लाही । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–९ स्थित हुलाकी सडक खण्डमा बेवारिसे अवस्थामा हिँडिरहेको एक पुरुषको उद्धार गरिएको छ। नाम, थर र ठेगाना बताउन नसक्ने अन्दाजी ४० वर्षीय उक्त पुरुषलाई जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोली र मानव सेवा आश्रम हरिवन, सर्लाहीका कर्मचारीहरूको संयुक्त टोलीले उद्धार गरेको हो।

ती पुरुष व्यक्ति विगत केही महिनादेखि मलंगवा बजार तथा आसपासका क्षेत्रमा मागेर खाने र सडकमा हिँडडुल गर्दै जीवनयापन गर्दै आएका थिए। निजको आफन्त तथा परिवारजनको पहिचान हुन नसकेपछि संयुक्त टोलीले उद्धार गरी थप संरक्षण र सुरक्षित आश्रयका लागि मानव सेवा आश्रम हरिवन, सर्लाहीमा पठाएको छ।

बेवारिसे तथा असहाय अवस्थामा रहेका व्यक्तिहरूको उद्धार, संरक्षण र मानवीय सेवामा सम्बन्धित निकायले देखाएको सक्रियता सराहनीय रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस