• २०८३ बैशाख २० गते आइतवार

साफ महिला क्लब च्याम्पियनसिप: आज फाइनलमा एपीएफ र इस्ट बङ्गाल भिड्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ५, काठमाडौं । आज साफ महिला क्लब च्याम्पियनसिपको फाइनल हुदैछ । फाइनलमा नेपालको एपीएफ क्लब र भारतको इस्ट बङ्गाल भिड्दैछन् ।

फाइनल खेल नेपाली समय अनुसार साँझ ५ बजेदेखि दशरथ रंगशालामा हुदैछ । यसअघि खेलिएका लिग चरणका खेलमा एपीएफ र इस्ट बङ्गाल दुवै अपराजित रहेका छन् । इस्ट बङ्गालले ४ खेलमा ३ जित र एक बराबरी खेल्दै १० अंक हासिल गरेको थियो भने एपीएफले ४ खेलमा २ जित र बराबरी खेल्दै ८ अंक हासिल गरेको थियो ।

यस अघि लिग चरणमा भएको दुवैबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । यो साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण हो ।

Sharing

प्रतिक्रिया दिनुहोस