असोज २२, रुपन्देही । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
अर्थमन्त्री मास्की कार्यक्रम सकेर मन्त्रालय फर्किंदै गर्दा तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको हाे । एक्कासि बच्चा सडकमा आएपछि बचाउने क्रममा गाडी सडकबाट झाडीमा पुगेर दुर्घटनामा परेको स्वकीय सचिव शम्भु गौतमले जानकारी दिए । उनका अनुसार मन्त्री मास्कीलाई सामान्य चोटपटक लागेको छ ।
