• २०८३ बैशाख १५ गते मङ्गलवार

रुपन्देही एमालेका जिल्ला सचिव कार्की रास्वपामा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं ।  नेकपा एमालेका रूपन्देही जिल्ला सचिव तथा पुर्वमेयर चित्र बहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

आइतबार रूपन्देहीको सैनामैना नगरमा आयोजित पार्टी प्रवेश कार्यक्रम मार्फत कार्की रास्वपा प्रवेश गरेका हुन् ।

कार्कीसहितलाई रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले स्वागत गरेका थिए । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा विजयी भएका थिए भने २०७९ सालको निर्वाचनमा पराजित भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस