• २०८३ बैशाख ७ गते सोमवार

बेलायतमा समुदायस्तरमा फैलियो ओमिक्रोन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, एजेन्सी । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमा फैलिएको छ । एकै दिन ओमिक्रोनका सयौँ बिरामी भेटिन थालेका छन् ।

संसदलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री सजिद जाभिदले नयाँ भेरियन्ट समुदायस्तरमा फैलिएको बताएका छन् । पछिल्लो तथ्या‌कअनुसार बेलायतमा २६१, स्कटल्यान्डमा ७१ र वेल्समा चार जनामा ओमिक्रोनका संक्रमण देखिएको छ ।

नयाँ भेरियन्टको असर र अहिले प्रचलित खोपले भेरियन्टविरुद्ध काम गर्ने नगर्ने वारेमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । नयाँ भेरियन्ट नेपाललगायत ४३ देशमा फैलिसकेको छ । भेरियन्ट फैलिएसँगै विभिन्न देशहरुले प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस