• २०८३ बैशाख ७ गते सोमवार

भोली सार्वजनिक बिदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४ जनकपुर। मधेश प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालिमा आज सार्वजनिक दिएको प्रदेश सरकारले भोली बुधबार पनि सार्वजनिक बिदा दिएको हो ।


बुधबार मधेश बलिदानी दिवसको अवसर पारेर प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो । २०६३ साल माघ ५ गतेबाट शुरु भएको मधेश आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले यो दिन सार्वजनिक बिदा दिंदै आएको छ ।
यस पटक बलिदानी दिवस राजविराजमा मनाउने प्रदेश सरकारले निर्णय गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस