• २०८३ जेष्ठ ४ गते सोमवार

मधेश प्रदेशमा तीन मन्त्रीले लिए शपथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौं ।  मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएलगत्तै तीन जनालाई मन्त्री पदको शपथ गराइएको छ ।

जसमा जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । यसैगरी नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादीका कनिष पटेलले विनाविभागीय मन्त्रीको शपथ लिएका छन् । अन्य दलका मन्त्री नियुक्ति गर्ने विषयमा छलफल जारी रहेको बताइएको छ ।

यादवलाई नेपाली कांग्रेसका २२ जना, जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना र एकीकृत समाजवादीका ७ सांसदले समर्थन गरेका छन् । यादवले मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस