भदौ १३, काठमाडौं । काठमार्डांको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार दुई जना रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिनुभयो ।

दुर्घटनामा नवलपरासीको सुनवल नगरपालिका—१ घर भइ भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र स्कुटरको पछाडि बस्ने काभ्रेपाञ्चोक पाँचखाल–२ होस्के घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु गएको हो ।
गएराति जडिबुटीमा रहेको आकाशे पुल नजिकै सडकछेउमा रोकिराखेको बा प्र ०१,००६ ख ४२४३ नम्बरको बसको पछाडिपट्टिको भागमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको थियो ।
बस चालक दोलखाको भिमेश्वर नगरपालिका–७ घर भइ काडाँघारी बस्ने २५ वर्षका सुभाष तामाङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको एसपी बोहोराले बताउनुभयो ।