• २०८३ जेष्ठ २६ गते मङ्गलवार

तीन दिनदेखि मादीमा बेपत्ता परियार भेटिएनन्

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, तनहुँ । व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवक तीन दिनदेखि फेला परेका छैनन् ।

व्यास नगरपालिका–१ अम्रेनीका ४० वर्षीय हरि परियार साथीभाईसँग पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले खोजी जारी राखे पनि उनी नभेटिएको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । मादीमा पानीको बहाव बढिरहेकाले खोजी गर्न कठिनाइ भएको छ ।

परियार नेपाल टेलिकम दमौली शाखामा सवारीचालक पदमा कार्यरत थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस