• २०८३ बैशाख ६ गते आइतवार

नागढुङ्गाबाट लागुऔषध सहित तीनजना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असोज १, काठमाडौं । प्रहरीले छुट्टाछुट्टै चेकजाँचको क्रममा नागढुङ्गाबाट प्रतिबन्धित लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चन्द्रागिरि २ स्थित चेकपोस्टमा चेक जाँच गर्ने क्रममा २ जनालाई र एक जनालाई कंलकीबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापका अनुसार बिर्तामोडबाट काठमाडौँ तर्फ आउँदै गरेको ना ५ ख ४९१३ नम्बरको बसवाट झापा बिर्तामोड ६ घरका शंकर राजवंशीलाई लागु औषध खैरो हेरोईन ३०.९० ग्राम सहित पक्राउ गरिएको छ ।

थापाका अनुसार धरानबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ९४७९ नम्बरको बसबाट जिल्ला सुनसरी धरान उपमहानगरपालीका वडा नं. ७ का वर्ष २६ को आशिष श्रेष्ठलाई लागु औषध डाइजेल्याब ९ एम्पल, लुपिजेसिक ९ एम्पल र फेनिरामाईन ९ एम्पल गरी जम्मा २७ एम्पल र ५ थान सिरिन्ज सहित नियन्त्रणमा लिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस