• २०८३ बैशाख ९ गते बुधवार

नेपालमा लगाइरहेको कोरोना खोप बढी प्रभावकारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९,काठमाडौँ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्ध एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको कोरोना खोप (कोभिशिल्ड) को प्रयोग बढाउन सिफारिस गरेको छ । डब्ल्यूएचओका विशेषज्ञहरुले नेपालमा लगाइएएको खोपको नकारात्मक असर अर्थात साइडइफेक्टको तुलनामा फाइदा बढी देखिएकोले यसको प्रयोग बढाउन सिफारिस गरेका हुन् ।

एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको कोरोना खोप खोप भारतले कोभिसिल्ड नाममा उत्पादन गरिरहेको छ । भारतले उक्त खोप नेपाललाई १० लाख डोज निःशुल्क उपलब्ध गराएको छ । बेलायत, दक्षिण अफ्रिका र ब्राजीलमा गरिएको अध्ययनका आधारमा विशेषज्ञले एस्ट्राजेनेका–अक्फोर्डद्वारा विकसित खोपको दुई डोज दिइएपछि ६३.०९ प्रतिशत प्रभावकारिता देखिएको बताएका छन् । एसएजीईले दोस्रो डोज ८ देखि १२ हप्ताभित्र दिन पनि सिफारिस गरेको छ । अन्य खोपहरुमा दोस्रो डोज लगाउने अन्तर २४ दिनको राख्ने गरिएको छ ।

अक्सफोर्डको खोप ६५ वर्षभन्दा माथि उमेरका मानिसका लागि पनि सुरक्षित देखिएको दावी गरिएको छ । यद्यपि, विशेषज्ञको टोलीले एस्ट्राजेनेका–अक्सफोर्डको खोपले कोरोनाको नयाँ प्रकारविरुद्ध भने कम प्रभाव देखाएको बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस