• २०८३ जेष्ठ १६ गते शनिवार

जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ गौरीटार रंगशालास्थित एक गाईगोठमा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गत सोमबार दिउँसो पक्राउ गरेको हो ।गाईगोठमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले हेटौंडा बसोबास गर्ने ४५ वर्षीय दामोदर चौलागाईं, २९ वर्षीय विश्व स्याङ्तान, सुदीप पोख्रेल, प्रदीप ओझा र ५२ वर्षीय बहादुर थिङलाई नियन्त्रणमा लिएको छ ।

घटनास्थलबाट प्रहरीले सात बुक तास, नगद ८१ हजार ३ सय ९० रुपैयाँ र गोटी सहितको काठको लुडोसमेत बरामद गरेको छ । उनीहरूविरुद्ध जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस