• २०८३ असार ९ गते मङ्गलवार

नेपाल र हङ्कङबीचको खेल बराबरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
जेठ २३, काठमाडौं ।  नेपाल र हङ्कङबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । हङ्कङको राष्ट्रिय रङ्गशालामा आज सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्  ।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो । नेपालका मणि लामाले दुईवटा पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए ।
एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङ्कङले आज मैत्रीपूर्ण खेल खेलेका हुन् ।
May be an image of 2 people, people playing soccer, people playing football and text

Sharing

प्रतिक्रिया दिनुहोस