• २०८३ जेष्ठ ४ गते सोमवार

श्रम संस्कृतिले संसदमा खोज्यो प्रधानमन्त्री, पर्चा देखाउन नपाइने भन्दै सभामुखको चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको खोजी गर्दै पर्चा देखाएर विरोध गरेको छ । बैठक शुरु हुनासाथ श्रम संस्कृतिका सांसदहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेखि बन्नु पर्छ भन्दै, प्रश्नदेखि भाग्न पाइदैन भन्ने लेखिएको पर्छा छातीमा टाँसेर सभामुखको ध्यानाकर्षण गराएका थिए ।

श्रम संस्कृति पार्टीको सो ध्यानकर्षणपछि सभामुख डिपी अर्यालले संसदमा पर्चा पम्प्लेट देखाएर विरोध गर्न नपाइने भन्दै अब देखि त्यस्तो नगर्न श्रम संस्कृति पार्टीका सांसदहरुलाई सचेत गराएका थिए । सभामुखले सचेत गराएपनि श्रम संस्कृति पार्टीका सांसदले पर्चा छातीमा टाँसेर बैठकमा बसिरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस