• २०८३ असोज ८ गते बिहिवार

ताइवानमा रेल दुर्घटना हुदा ३६ जना यात्रुको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २०, एजेन्सी । ताइवानमा आज बिहान रेल दुर्घटना हुदा ३६ जना यात्रुको मृत्यु भएको छ। पूर्वी हुलियन क्षेत्रको टनेलमा रेल दुर्घटना हुँदा ३६ जना यात्रुको मृत्यु भएको हो ।

ट्रकसँग ठोक्किएर रेल दुर्घटना भएको च्यानल न्युज एसियाले जनाएको छ । ७३ जना रेलभित्र रहेको र उद्धार कार्य भइरहेको स्थानीय प्रहरीले जनाएको छ। रेलमा ३ सय ५० जना यात्रु सवार रहेको बताइएको छ । रेलमा बिदा मनाउन हिँडेका पर्यटकहरू रहेको अन्तर्राष्ट्रिय सञ्चा‍र माध्यमले जनाएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस