• २०८३ मङ्सिर ५ गते शुक्रवार

एनपिएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्डआउट’, एकैसाथ दुई लाख प्रयोगकर्ताले टिकट किन्न खोजे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सम्पूर्ण टिकट बिक्री (सोल्डआउट) भएको जानकारी गराएको छ ।

क्यानका सचिव पारस खड्काले शुक्रबार जानकारी दिदैँ भोलि (शनिबार) हुने फाइनल खेलका लागि टिकट बिक्री खुला गरिएको समयमा करिब दुई लाख प्रयोगकर्ताहरूले एकैसाथ टिकट खरिद गर्न खोजेको बताए । तर, क्रिकेट मैदानको क्षमताअनुसार टिकटको उपलब्धता सीमित भएका कारण बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सकिएको क्यानले स्पष्ट पारेको छ ।

नेपाली क्रिकेट र नेपाल प्रिमियर लिगप्रति दर्शकहरूले देखाएको अपार माया, साथ र उत्साहप्रति क्यानले हार्दिक कृतज्ञता व्यक्त गरेको छ । साथै, टिकट नपाउँदा दर्शक वर्गमा पर्न गएको असुविधाप्रति सङ्घले क्षमायाचनासमेत गरेको छ ।

टिकट लिन नसक्नुहुने समर्थकहरूलाई अनलाइन एवं आधिकारिक प्लेटफर्महरूमार्फत सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग हेरेर सहयोग गरिदिन क्यानले हार्दिक अनुरोध गरेको छ ।

यस संस्करणको एनपिएलको उपाधिका लागि शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस