• २०८३ जेष्ठ ८ गते शुक्रवार

बराबरीमा राेकिए थ्रि स्टार र चर्च ब्वाइज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, काठमाडौं । थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेड बराबरीमा रोकिएका छन् । एन्फा यु–१६ युथ लिगको जारी खेलमा थ्रि स्टार र चर्च ब्वाइज मंगलबार गोलरहित बराबरीमा रोकिएका हुन ।

बराबरीसँगै आठ खेलमा १९ अंक जोडेको चर्च ब्वाइज दोस्रो स्थानमा छ भने थ्री स्टार समान खेलबाट १७ अंकका साथ तेस्रो स्थानमा छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न दुबै टोलीले सकेनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस