भाद्र ५, काठमाडौं । आज विहिबार दिउँसो देशभरी आंसिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । देशको मध्य तथा पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती यस्तै देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही मध्य तथा पुर्वका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
मौसम विश्लेषण मनसुनको न्यून चापिय रेखाको पुर्वी भुभाग औसत स्थानको आसपासमा रहेको छ र पश्चिमी भुभाग औसत स्थान भन्दा केहि उत्तर तर्फ रहेको छ ।साथै भारतको बिहार र उत्तर प्रदेश आसपासमा एउटा न्युन चापिय प्रणाली अवस्थित छ । देशभर समग्र मौसमको अवस्था हाल देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली रहेको साथै मध्य तथा पुर्वी भुभागमा आंसिक बदली देखि सामान्यतया सफा रहेको छ। देशको पश्चिमी भुभागका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध छ।
महाशाखाले भनेको छ देशको मध्य तथा पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ जसले गर्दा चुरे वाट बहने खोलाहरुको बहावमा आकस्मिक बृद्दि हुन सक्ने साथै सडक यातायातमा पहिरो र भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले ति भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।