पुस ४, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ बजे शुरू हुने छ ।

यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि हिजोको खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको हो ।
हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्काे मौका पाएको छ । हिजो नै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ ।