• २०८३ बैशाख ११ गते शुक्रवार

टी–२० विश्वकप छनोट सेमिफाइनल : पहिला फिल्डिङ गर्दै नेपाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा खेलमा नेपालले पहिला ब्याटिङ गर्नेभएको छ । ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने मौका पाएको हो । यूएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

युएई विरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । कुशल मल्लको स्थानमा विवेक यादवलाई मौका दिइएको छ । नेपालले यसैवर्ष अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा स्थान बनाउन यूएईलाई हराउनु पर्नेछ । समूह चरणमा अपराजित रहेको नेपाल आज सोही लयलाई निरन्तरता दिने योजनामा छ ।

यूएईविरुद्ध नेपालको प्लेइङ ११
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र अभिनाश बोहरा।

Sharing

प्रतिक्रिया दिनुहोस