• २०८३ जेष्ठ २५ गते सोमवार

कञ्चनपुरमा दम्पतीको हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ९, कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिका-१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो। त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए । ‘घटना शङ्कास्पद छ, उहाँले भन्नुभयो, ‘मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस