• २०८३ बैशाख २१ गते सोमवार

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : एपीएफको लगातार दोस्रो जित

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा एपीएफले कोशी प्रदेशमाथि ६ विकेटको जित निकालेको हाे ।

मुलपानी क्रिकेट मैदानमा एपीएफलाई जित दिलाउन कप्तान रोहति कुमार पौड्यलले अलराउन्डर प्रदर्शन गरे । कोशीले दिएको १३६ रनको लक्ष्य पछ्याएको एपीएफले ४७ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफका लागि कप्तान रोहित कुमार पौड्यलले ८० रनको अर्धशतकीय पारी खेले । ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे । एपीएफका लागि प्रज्वल शाहीले २२ रन बनाउँदा सुमित महर्जनले २० रनको योगदान गरे ।

केशीका लागि फ्रिदोश अन्सारी, कमल खत्री, समिर कार्की र सोनु मण्डलले एक–एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कोशीले ४४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३५ रन बनायो । कोशीका लागि फ्रिदोश अन्सारीले ५५ रनको अर्धशतकीय पारी खेले । ८५ बल खेलेका उनले ८ चौका प्रहार गरे । त्यस्तै सोनु अन्सारीले २० रन बनाउँदा अन्कित सुवेदीले १३ रनको योगदान गरे ।

जितसँगै एपीएफले दुई खेलबाट ४ अंक जोडेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस