• २०८३ बैशाख २९ गते मङ्गलवार

सांसद जानकीदेवी रामद्वारा सपथ ग्रहण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौँ। नेकपा एमालेबाट प्रतिनिधिसभामा नवनिर्वाचित समानुपातिक सांसद जानकीदेवी रामले पद तथा गोपनियताको सपथ लिएकी छन् । आज सिंहदरवारस्थित संघीय संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई सपथग्रहण गराएका हुन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह दलित कोटाबाट उनलाई एमालेको सिफारिसमा निर्वाचित गरिएको हो । सिरहाकी राम सानु शिवाको निधनपछि रिक्त रहेको स्थानमा निर्वाचित भएकी हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस