• २०८३ कार्तिक १२ गते बुधवार

चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक ११, काठमाडौं । राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ । तिहार, छठजस्ता चाडपर्व नजिकिँदै जाँदा यहाँ भक्तजनहरूले अनिवार्य उक्त प्रकारका सामग्री खोजीखोजी खरिद गर्ने भएका कारण माग बढेको हो । तिहारमा प्रयोग गरिने माटोको दियो, कलश, घैला तथा छठपर्वमा प्रयोग गरिने बाँसको कोनिया, नाङ्लो, ढाकीलगायतका सामग्रीको माग दसैँपछि बढेको स्थानीय व्यापारी बुचनीदेवी साहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बाँसले बनाएको सामग्री बेचेको एक दशक भयो । अन्य समयमा ठिकठिकै व्यापार भए पनि दसैँदेखि छठसम्म राम्रो व्यापार हुँदै आएको छ ।

अन्य सिजनमा दिनको एक हजारको हाराहारीमा व्यापार हुँदै आए पनि दसैँदेखि तिहारसम्म दोब्बर व्यापार हुँदै आएको उहाँले बताउनुभयो । विवाह व्रतबन्ध, मृत्युु संस्कार घरमा लगाइने पूजाबाहेकमा माटो र बाँसका सामग्री आवश्यकता नपर्ने हुनाले किन्नुपर्ने बाध्यता छैन ।

तर, तिहार र छठ मधेसमा सबैले अनिवार्य मनाउने हुनाले किन्नैपर्ने बाध्यता भएको राजविराज नगरपालिका वडा नं २ की ममता झाले बताउनुभयो । उहाँले मधेसको हरेक चाडपर्व तथा पूजामा माटोका भाँडा र बाँसका सामग्री नभई नहुने हुनाले यो सिजनमा उक्त सामग्रीको व्यावसायिक कारोबार बढ्ने गरेको बताउनुभयो ।

जिल्लाको विभिन्न पालिकामा बसोबास गर्ने स्थानीय कुमालले बनाएको माटोका र मरिक (डोम) समुदायले बनाएको बाँसका सामग्रीले बजार लिएपछि स्थानीयस्तरको लगानी स्थानीयस्तरमै रहने सकारात्मक रहेको राजविराज नगरपालिकाका प्रमुख इसरत परविनले बताउनुभयो ।

उहाँले माटो र बाँसबाट निर्माण गरिएका सामग्री स्थानीयले आफ्नै ठाउँमा खरिदबिक्री गर्नु सकारात्मक पक्ष रहेको बताउनुभयो । बाँस र माटोका सामग्री खरिदबिक्री गर्न जिल्लावासीले अन्य जिल्लाको भर पर्नुपरेको छैन । लक उपयोगतर्फ प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस