• २०८३ जेष्ठ १६ गते शनिवार

लुक्ला उडेको तारा एयरको इमर्जेन्सी झ्यालको सिसा खस्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, लुक्ला । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको कलसाइन ९ एन एएलओ जहाजको आपत्तकालिन झ्यालको सिसा खसेको छ । काठमाडौंबाट ९ बजेर ३१ मिनेटमा उडेको जहाज ल्याण्ड गरिसक्दा आपत्तकालिन झ्यालको सिसा नदेखिएको हो ।

त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाका अनुसार विमान सहज तरिकाले ल्याण्ड भएको छ । पाइलटले ल्याण्ड गरेपछि मात्रै सिसा खसेको बारेमा जानकारी पाएका थिए ।

जहाजको सिसा बाटोमा खसेको आशंका गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस