• २०८३ कार्तिक १९ गते बुधवार

विश्वकप छनोट : मलेसियाविरुद्ध कुशलको अर्धशतक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १४, काठमाडौं । विश्वकप छनोटको मलेसियाविरुद्धको खेलमा कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् । टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा मलेसियाविरुद्धको खेलमा उनले शानदार अर्धशतक प्रहार गरेका हुन् ।

उनले २५ बल खेल्दै ५० रन पुरा गरे । जसमा ६ छक्का र १ चौका सामेल छन् । पछिल्लो खेलमा उनले छक्का प्रहार गर्दै नेपाललाई खेल जिताएका थिए ।

मलेसियाविरुद्ध प्राप्त हुने जितले नेपालको सेमिफाइनल यात्रालाई सहज बनाउनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस