• २०८३ बैशाख ३१ गते बिहिवार

सहिद स्मारक ‘ए’ डिभिजन लिग : एनआरटीलाई हराउँदै सातदोबाटोको सुखद सुरुआत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, काठमाडौं । सातदोबाटो युथ क्लबले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ । च्यासल रंगशालामा आइतबार न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले हराउँदै सातदोबाटोले सुखद सुरुआत गरेको छ ।

सातदोबाटोको जितमा दीपक राज ठकुरीले दुई गोल गरे । एनआरटीका निकोलस सङले एक गोल फर्काए । खेलको ४५ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा निकोलसले गोल गर्दै एनआरटीलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २-१ को जित दिलाए ।

यस जितसँगै सातदोबाटोले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । एनआरटीले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस