- गोबिन्द पौडेल, इलाम समाचारदाता
साउन ६, इलाम । विश्वमा प्रबिधिको चरम बिकास भइरहेको बेला इलामको दुर्गम गाउहरुमा पनि ६ हजार ५ सय पुस्तक राखिएको इ लाइबेरी सर्वर संचालनमा आएको छ ।
रोङ गाउपालिकाको सहयोगमा बिद्यालयहरुलाइ प्रबिधि मैत्री बनाउन आइ सि टि कार्यक्रम अनुसार वडा नं ५ मा रहेको उमा महेश्वर माध्यामिक बिद्यालयमा उक्त इ लाइबेरी सर्भर जडान गरिएपछि उक्त लाइबेरीमा ६ हजार ५ सयबटा किताबहरु सजिलै पढ्न सुन्न र हेर्न सकिने भएको छ । सर्भरको ७ सय जिबि डाटामा २ हजार पुस्तकहरु सुन्न, १ हजार ५ सय नति हेर्न र ३ हजार नति पुस्तकहरु पढ्न सकिने रहेको छ ।
बिद्यालयका बालबालिकाहरुका लागि साझा इ पाटी पुस्तकालयले संचालन गरेको इ लाइबेरी सर्वरमा कक्षा १ देखी कक्षा १२ सम्मका बालबालिकाहरुका लागि पाठ्यक्रममा पाठ्यपुस्तकमा राखिएका बिषयबस्तुहरु रहेकोमा कक्षा १ देखी ८ सम्मको लागि नेपाली र अंग्रेजी दुबै माध्यामका पाठ्यपुस्तकहरु अडियो भिडियो र खेलको रुपमा समेत रहेको छ भने माथिका कक्षाहरुकोलागि ५० प्रतिसत पाठ्यपुस्तका सामाग्रीहरु, शिक्षक निर्देशिका, सन्र्दभ सामाग्रीहरु र पाठ्यक्रमहरु समेत राखिएको साथै बिद्याथीको कक्षा, स्तर र रुची अनुसार अन्य सामाग्रीहरु समेत रहेको बिद्यालयका शिक्षक कान्तिराम पन्तले बताए ।
सर्वरबाट राउटर जडान गरि एकैसाथ डेक्सटप, ल्यापटप र मोबाइलमा समेत चलाउन सकिने प्रबिधि रहेकोले बिद्यालयका हरेक कक्षामा चलाउन र कतिपय सामाग्रीहरुत डाउनलोड पनि गर्न सकिने कक्षा १० का लागि केन्द्रित गरेर अनिवार्य रहेका ६ वटा बिषयहरुको शिक्षा मन्त्रालय शैक्षिक जनशक्ति बिकास केन्द्रल तयार पारेको प्रतक्ष शिक्षणमा आधारीतछ श्रब्य दृश्य ( भर्चुअल क्लासहरु ) संमेत रहेकोले एस इ इ का तयारीमा रहेका वालवालिकाहरुको लागि शिक्षकको अनुपस्थितिमा समेत उपयोगी रहेको इ लाइबेरी सर्वरका मेची प्रतिनिधि सरोज लम्सालको भनाइ रहेको छ ।
सर्वर जडान पछि सबै पुूस्तकहरु इन्टलेसन साझा इ पाटीले गरि दिने, सर्वरको अफलाइनमा राखिएका पुस्तकहरु इन्टरनेटको पहुच नभएको स्थानमा समेत पढ्न र डाउनलोड समेत गर्न सकिने, आवश्यक्तानुसार परामर्स र एकबर्षभित्र पाठ्यक्रम परिवर्तन भएमा परिवर्तित पाठ्यक्रमको इन्टलेसन समेतको ब्यवस्ता रहेका लम्साल बताउछन । पुस्तकको मुल्य १० हजार र ग्राहकको छनौट अनुसारको हार्डवयेर डिभाइस सहित अधिक्तम ६५ हजार मुल्यमा जडान गर्न सकिने इ लाइबेरी सर्वरको उपयोगिता र महत्बको बारेमा रोङ गाउपालिकाले निकट दिनमानै सरोकारबलाहरुसगको प्रर्दशनी र अन्र्तक्रिया गर्न ेतैयारी गरेको रोङ गापालिकाको अध्यक्ष समसेर राइले बताए ।