• २०८३ जेष्ठ २४ गते आइतवार

वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २८,काठमाडौं। वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै प्रदर्शन भएको छ । गोर्खा फुजेलकी अधिकारी आफ्ना छोराको हत्यारामाथि कारवाही हुनु पर्ने माग राख्दै लामो समयदेखि संघर्षतरत छिन् ।

तीन साता लामो आमरण अनशनका कारण अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको भन्दै मानवअधिकारीकर्मीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । २०६१ साल जेठको २४ गते आफ्ना मावली हजुरबा हजुरआमा भेट्न चितवन आएका बेला अधिकारीका १६ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो ।

गंगामायाको स्वास्थ्य विग्रिएको भन्दै सरकारलाई दबाब दिन ‘गंगामाया बचाऔं’ अभियान गर्नुपरेको मानवअधिकारवादी इन्द्र अर्यालले बताउनुभयो । आफ्ना छोराका हत्याराका साथै पतिलाई अनशनमै मर्न विवश बनाउने राज्यका पदाधिकारीहरुलाई समेत कारवाहीको माग गर्दै गंगामाया अधिकारी आमरण अनसनमा छिन ।

Sharing

प्रतिक्रिया दिनुहोस