• २०८३ असार ४ गते बिहिवार

चितवनमा खाग काटिएको अवस्थामा गैंडा मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, चितवन । चितवनको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैंडा फेला परेको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैडा मृत फेला परेको हो ।

गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । डिभिजन वन कार्यालय चितवनले गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको जनाएको छ । डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस