• २०८३ जेष्ठ २८ गते बिहिवार

सर्लाहीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ४, सर्लाही। सर्लाहीको मलंगवा नगरपालिका–१२ मा आइतबार बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका–९ बस्ने ५८ वर्षीय शंकर राय रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ । नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतिय नम्बरको मिनी बसले राय सवार साइकललाई आइतबार मध्यान्ह सवा १२ बजे ठक्कर दिएको थियो । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस