• २०८३ भाद्र ७ गते आइतवार

गरिमाको अन्त्येष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका- १ की तीन वर्षीया बालिका गरिमा चौधरीको अन्त्येष्टि गरिएको छ । बलात्कारपछि हत्या गरिएकी गरिमाको आइतबार कलैया उपमहानगरपालिका–१४, बघवनस्थित पसाहा खोलामा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

यसअघि शनिबार राति गृह मन्त्रालयमा सरकार र गरिमाका अभिभावकबीच तीनबुँदे प्रतिबद्धता भएपछि गरिमाका बुवा मनोज चौधरीले आइतबार प्रादेशिक अस्पताल कलैयाबाट शव बुझेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस