• २०८३ जेष्ठ २४ गते आइतवार

समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली प्रकाशन [सूचीसहित]

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ९, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा रहेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ ६ हजार ४ सय ५७ जना बन्दसूचीमा रहेकोमा आयोगले हिजो ५५० जनालाई हटाएपछि बाँकी रहेका ५ हजार ९०७ जनाको अन्तिम नाम सार्वजनिक गरेको हो ।

स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार भएर खर्चको विवरण पेस नगरेपछि जरिवाना नबुझाउने ३६९ जनासहित दाबी विरोध उपर जाँचबुझबाट गरी ५४८ जना, पदमा बहाल रहेका एक जना र कालोसूचीमा रहेका एक जना गरी कुल ५५० जना व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय आयोगले गरेको थियो ।

Pardesh-1-FinalClosedListAllparty_SA_1

 

Sharing

प्रतिक्रिया दिनुहोस