• २०८३ बैशाख १८ गते शुक्रवार

गोरखामा रात्रीबस दुर्घटना, २१ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, काठमाडौं । गोरखामा रात्रीबस दुर्घटनामा परेको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–३ डाँडाबेँसी गँगटेमोडमा काठमाडौंबाट आरुघाट माछीखोला जाँदै गरेको यात्रु बस दुर्घटना भएको हो । बस दुर्घटनामा २१ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार गोरखा दरौदी यातायात सेवा प्रालिको बागमती प्रदेश ०१-००६ ख ४१३१ नम्बरको बस आज बिहान पौने ६ बजे दुर्घटना भएको हो । घाइतेमध्ये ३-४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ।

घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरी आरुघाट अस्पतालमा उपचारका लागि पठाएका छन् । बस रुखमा अड्किँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस