जेठ २४, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने कोशी प्रदेशम बागमती र सुदूरपश्चिम प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १०९ जना घाइते भएका छन् । जस अनुसार कोशी प्रदेशमा ३९ जना घाइते भएका छन् भने मधेश प्रदेशमा २१ जना, काठमाडौँमा १६ जना घाइते भएका छन् भने काठमाडौँबाहेक बागमती प्रदेशमा २२ जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा ७ जना घाइते भएका छन् भने कर्णालीमा ४ जना घाइते भएका छन् ।