साउन ३, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ६७ हजार १ सय ९ जना पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ४ सय ८५ जना रहेका छन । मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा एक हजार ६ सय ६७ जना डिस्चार्ज भएका छन । योसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ३२ हजार ७४ जना रहेको छ । आज २३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ५ सय ५० जना पुगेको छ ।