असार २२, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बुधबार एक हजार ६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँ कायम भएको छ ।

तेजावी सुन ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी बुधबार चाँदी पनि प्रतितोलामा ३० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।